हेटौंडा/नेपाल खेलकुद महासंघ हेटौँडा उपमहानगरपालिका नगर कार्यसमितिको अध्यक्षमा संग्राम बल लामा निर्वाचित भएका छन्।
शनिबार भएको महासंघको दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
Advertisement
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा संकर गोपाल खड्के र प्रेमनाथ महतो चयन भएका छन, सचिवमा विवेक आन्नद न्यौपाने, सह-सचिवमा सुजिता थापा र सुदर्शन खतिवडा, कोषाध्यक्ष सुरेन्द्र ढकाल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सरोजकुमार बिष्ट, कवि कँडेल, स्वीकार फूँयाल, विशाल ठकुरी, मदन राई, सुविन राई सुदिप स्याङ्तान, सन्तोष राई, सुमन कर्माचार्य, कुशल खत्री, राजेन्द्र घलान, अजेश सिंतान सर्वसम्मत चयन गरिएको नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मुक्तानले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







