हेटौंडा/हेटौंडा उपमहानगरपालिका र नगर खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन १८ गते शुक्रबार हेटौंडाको बुद्धचोकमा खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिता हुने भएको छ।
खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेले प्रतियोगितामा १६ वर्ष पूरा भएका नेपाली नागरिकहरू सहभागी हुन सक्ने, प्रतियोगिताको दौडको दूरी ५ किलोमिटर हुने आज पत्रकार सम्मेलनमा जानकारी दिएको छ
प्रतियोगिता शुक्रबार बिहान ७ बजे हेटौंडाको बुद्ध चोकबाट शुरु गरि कान्तिराजपथ हुँदै पिप्लेसम्म पुगेर फेरि बुद्ध चोकमै आएर टुंगिने घिमिरेले जानकारी दिएका छन् ।
त्यस्तै विजेताले ६० हजारदेखि ४० हजार रुपैयाँसम्मको पुरस्कार प्राप्त गर्नेछन्। दुई जनाले १० हजार रुपैयाँको प्रोत्साहन पुरस्कार पनि प्राप्त गर्नेछन्।प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले अग्रिम दर्ता गराउन सक्नेछन्। सोही दिन बिहानसम्म पनि दर्ता हुन सक्ने आयोजक बताएको छ।







