हेटौंडा/मकवानपुर जिल्ला अदालतको ७१ कोठे सुविधासम्पन्न नयाँ भवन सोमबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् ।
२०७७ साल माघ २१ गतेबाट निर्माण सुरु गरिएको भवन तोकिएको समयमै सम्पन्न गरी निर्माण कम्पनीले अदालतलाई हस्तान्तरण गरे थियो । भवन
पाँच तल्ले भवनमा भूमिगत पार्किङसहित अपाङ्गमैत्री सुविधा रहेको छ । भवनमा कर्मचारी तथा सेवाग्राहीको लागि दुइवटा लिफ्टको व्यवस्थापन गरिएको छ । १० कठ्ठा क्षेत्रफलमा निर्मित भवनमा ४८ वटा सीसीटिभी, प्रहरी विट, आधुनिक चमेना गृह निर्माण गरिएको छ । जिल्ला अदालतको भवनमा पाँचवटा अपाङ्गमैत्री शौचालय समेत रहेका छन् ।
२३ करोड ७७ लाखको लागतमा हेटौंडा–२ मा निर्माण गरिएको पाँच तल्ले भवनमा पार्किङ, लिफ्ट लगायतका सुविधा छन्। माघ २८ देखि सञ्चालनमा आएको भवनको हाल ३ तल्ला मात्रै प्रयोगमा रहेका छन्।








