नेपाल मगर संघको प्रथम महाधिवेशन भएको ४१ वर्ष पुरा भएर ४२औँ वर्ष प्रवेशका अवसरमा मकवानपुरमा मगर दिवस मनाइएको छ।
हेटौँडाको बुद्धचोकमा ठूलो संख्यामा भेला भएर मगर समुदायले र्यालीसहित नाचगान गरेर दिवसको खुशी साटासाट गरेका छन्।
Advertisement
हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा सांस्कृतिक झाँकी र जातीय भेषभूषामा सजिएर मगर समुदायले ४२औँ मगर दिवस मनाए।
सो अवरमा साँस्कृतिक कार्यक्रम तथा फुड फेस्टिभल कार्यक्रम पनि आयोजना गरिएको थियो।
मकवानपुर जिल्लामा १६ हजार भन्दा बढी मगर समुदायको बसोबास रहेको नेपाल मगर संघ मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ मगरले जानकारी दिए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








