हेटौंडा/बागमती प्रदेशका सबै जिल्लाहरूमा भोलि (फागुन १६ गते) देखि भेडाबाख्रालाई पीपीआर रोगविरुद्धको खोप लगाउने अभियान सुरु हुने भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौँडाले आज पत्रकार सम्मेलन गरी पीपीआर रोग नियन्त्रण तथा रोकथामका लागि फागुन १६ देखि २२ गतेसम्म एक साताव्यापी खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका छन् ।
प्रदेशभरीका १५ लाख ९४ हजार भेडाबाख्रालाई खोप लगाइनेछ। पीपीआर भेडाबाख्रामा हुने एक खतरनाक भाइरस जनित रोग हो।
मकवानपुरमा सबैभन्दा कम पीपीआर खोपको पहुँच
बागमती प्रदेशमा सबैभन्दा कम पीपीआर खोपको पहुँच मकवानपुर जिल्लामा रहेको छ।
यहाँ हालसम्म मात्र १३.८६ प्रतिशत भेडाबाख्रामा मात्र खोप लगाइएको छ। यस्तै सबैभन्दा बढी धादिङमा ९५.५६ प्रतिशत खोपको पहुँच रहेको छ।
चालू आर्थिक वर्षमा १५ लाख ९४ हजार खोपको व्यवस्था गरी ८५ प्रतिशत खोपको लक्ष्य लिइएको प्रदेश सरकारले जनाएको छ।