मकवानपुरको बकैया गाउँपालिका वडा नं. ७ का वडा सदस्य रामकुमार तितुङको मृत्यु भएको छ। मंगलबार दिउँसो घर अगाडि बिजुलीको पोलले थिचेर गम्भीर घाइते भएका तितुङको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो।
घटनास्थल बकैया-७ स्थित आफ्नै घर अगाडि पोलबाट लडेर गम्भीर घाइते तितुङलाई प्राथमिक उपचारपछि चुरेहिल हस्पिटल र त्यसपछि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएको थियो।
Advertisement
बुधबार बिहान ३ बजे उपचारका क्रममा उनको निधन भएको स्थानीयवासीहरूले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







