करिब ६ हजार दुग्ध किसानले आज राजमार्ग बन्द गरी विरोध प्रदर्शन गरेका छन्। दुग्ध किसानलाई बक्यौता रकम नदिएको भन्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघले केन्द्रीय दुग्ध संघको आन्दोलनमा साथ दिँदै राजमार्ग बन्द गरेको हो।

किशानहरुले मकवानपुर जिल्ला बकैया र बागमती गाउँपालिका, हेटौंडा वडा नम्वर १७ र १८ तथा मकवानपुरगढी गाउँपालिका र सुकौराका दूध किसानहरु सानोपोखरा चोकमा, भीमफेदी गाउँपालिका र पुरानो मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ र ६ का किसानहरु चौकीटोलमा, हेटौंडा १९, ३ र ११ तथा मनहरी गाउँपालिकाका किसान राप्ती पुलमा, मनहरी १ र हेटौंडा १२, १३, १४ र १५, ७ र ८ का किसानहरु कर्रा पुलमा भेला भएर आज बुद्धचोकमा जम्मा भई विभिन्न ब्यानर तथा प्लेकार्डसहित र्याली सुरु गरेका थिए।
विभिन्न स्थानबाट शुरु भएको र्याली चौकीटोलमा पुगेर बुद्धचोक हुँदै मेनरोडसम्म पुगेको थियो। करिब ६० करोड रुपैयाँ बक्यौता रहेको भन्दै किसानहरूले सरकारसँग माग राखेका छन्







