हेटौंडामा भएको खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिताको उपाधि काठमाडौंका धावक मुकेश पालले जितेका छन्।
उनले १५ मिनेट २२ सेकेन्डमा ५ किलोमिटर दूरी पूरा गर्दै विजेता बनेका हुन्। दोस्रो स्थान जुम्लाका दुर्गा बहादुर बुढाले र तेस्रो स्थान काठमाडौंका सञ्जय श्रेष्ठले हासिल गरेका छन्।
प्रतियोगितामा टंक कार्की र नागेश्वर अयरले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले नगद ६० हजार, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, सन्त्वना पुरस्कारतर्फ नगद १०÷१० हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजयी भएका धावकहरूलाई नगरप्रमुख मिनाकुमारी लामा, उपप्रमुख राजेश बाँनिया, प्रमुख प्रसाशक शिव राज चौलागाई तथा नगर खेलकुद बिकास समितिका अध्यक्ष रवीन्द्र घिमिरे लगायतले नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए। १८ जिल्लाका ९२ जना धावक सहभागी रहेको प्रतियोगिता बुद्धचोकबाट सुरु भई पुनः बुद्धचोकमा सकिएको थियो। ६९ वर्षीय प्रेमजी श्रेष्ठलाई ज्येष्ठ धावकको रूपमा सम्मान पनि गरिएको थियो।







