हेटौंडा-१५ ले “अन्तर वडा स्तरीय १५ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिता” गर्ने भएको छ। आगामी चैत ९ देखि २२ गतेसम्म हेटौंडाको गौरीटार रंगशालामा हुने प्रतियोगितामा उपमहानगरभित्रका सबै १९ वडाले सहभागिता जनाउन सक्ने अध्यक्ष सुनिल मोक्तानले आज पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
मोक्तानले, “वडास्तरबाट नै खेलाडी उत्पादन गरी वडालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।
Advertisement
टोलटोलबाट खेलाडी उत्पादन गरी नेपाललाई खेलको माध्यमबाट विश्वमा चिनाउन सकिन्छ।” वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगिले भने, “सोनाम ल्होछारको अवसरमा यो प्रतियोगिता गर्न लागिएको जानकारी दिएका छन् ।” उक्त फुटबल प्रतियोगिताको लागि करिब ११ लाख खर्च हुन सक्ने अनुमान गरिएको पत्रकार सम्मेलन मार्फत बताएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







