चितवनको एक विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल हेटौंडामा फेला परेका छन्।
Advertisement
भरतपुर-१० स्थित ओमशान्ति एकेडेमीका विद्यार्थी निकेश बुधबार दिउँसो विद्यालयबाट घर फर्कने क्रममा हराएका थिए। बिहीबार उनी हेटौंडामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निकेश कसरी र किन हेटौंडा पुगेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







