हेटौंडा/अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेज पुगेका छन्।

Advertisement
हेटौंडा-४ हुप्रचौरमा भएको लिगचरणको अन्तिम खेलपछि दुवै टोली अष्टकुमारी क्रिकेट प्रतियोगिताको उपाधि विजेता बन्न एक कदम नजिक पुगेका हुन्।
म्यानेजमेन्टले हेटौंडा सिटी कलेजलाई ३० रनले र नेशनल इन्फोटेकले चितवनको अरोमा कलेजलाई १६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
हेटौंडा जेसीजको आयोजनामा जारी यो प्रतियोगिताको फाइनल मंगलबार हुनेछ। हुप्रचौरमा हुने फाइनल खेलको विजेता टोलीले नगद ५० हजार र उपविजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







