हेटौंडा/नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौँडा उपमहानगरपालिका कमिटीको नयाँ कार्यसमिति गठन भएको छ।
आज(शनिबार)हेटौँडामा आयोजित राष्ट्रिय युवा संघ नेपाल हेटौँडा उपमहानगरपालिका कमिटिको बृहत् युवा भेलाले अनिल काफ्लेको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको हो।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा गोविन्द नेगी, सचिव अर्जुन दुलाल,उपसचिवमा सचिन राई र मनिषा लामा तथा कोषाध्यक्षको विज्ञान नेपाल कोषाध्यक्षको रुपमा रहेका छन्।
कार्यक्रमको सभाध्यक्ष राष्ट्रिय युवा संघ हेटौँडा उपमहानगरपालिका कमिटिका निवर्तमान अध्यक्ष एवम् मकवानपुर संयोजक राजेश नगरकोटी थियो भने राष्ट्रिय युवा संघ केन्द्रिय कमिटिका उपाध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय लेखा आयोग संयोजक सन्तोष चौलागाईँ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज लक्ष्मण उप्रेतीलगायतको उपस्थिति रहेको थियो।
सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री श्रेष्ठले यो गठबन्धन आगामी १० वर्षसम्म रहिरहने र नेकपा एमालेका अध्यक्ष केपी ओलीको समृद्ध नेपाल निर्माणको सपनालाई साकार पार्ने बताए। कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल हेटौँडा उपमहानगरपालिकाका पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो।







