हेटौंडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नवीन सिग्देल निर्वाचित हुनुभएको छ।
निरंकुश पंचायती व्यवस्थाविरुद्धको शिक्षक र विद्यार्थी आन्दोलनको केन्द्रबिन्दु रहेको भुटनदेवी माविको व्यवस्थापन समिति अध्यक्षमा निर्वाचित हुनुभएका सिग्देलले शुभेच्छा व्यक्त गर्दै सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, जनप्रतिनिधि, मित्र तथा शुभेच्छुकप्रति आभार प्रकट गनुर्भएको छ।
हेटौंडा-४ नं. वडा अध्यक्षसमेत रहनुभएका सिग्देलले वडा कार्यालय र वडा समितिले चालिरहेको गुणस्तरीय शिक्षा अभियानमा सबै सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य र स्तरीयताका लागि स्वस्थ तथा रचनात्मक प्रतिस्पर्धामा थप उर्जा प्राप्त हुने विश्वास व्यक्त गनुर्भएको छ।
समग्र शैक्षिक विकासको यो अभियान प्रभावकारी रूपमा निरन्तर अगाडि बढ्ने प्रतिबद्धतासमेत सिंगदेलले जनाउनुभएको छ।








