अन्तरवडास्तरीय वडा नं. १५ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा दोस्रो दिन १२ र ९ नं. वडाले विजयी शुरुवात गरेका छन्।
गौरीटार रंगशालामा भएको पहिलो खेलमा १२ नं. वडाले १८ नं. वडालाई २-० ले पराजित गर्यो। १२ नं. वडाका श्रीराज घलानको दुई गोलको मद्दतले टिमले जित निकालेको हो। घलान नै खेलका म्यान अफ द म्याच घोषित भए र नगद १५०० सहित ट्रफी प्राप्त गरे।
त्यसैगरी दोस्रो खेलमा ९ नं. वडाले २ नं. वडालाई १-० ले हरायो। ९ नं. वडाका सुरेन्द्र अर्यालको एक गोलले टिमलाई जित सफल भएको थियो। उनलाई पनि म्यान अफ द म्याच घोषित गरिएको छ र उनले १५०० नगदसहित ट्रफी प्राप्त गरे।
प्रतियोगिता संयोजक गोविन्द नेगिका अनुसार आइतबार पनि दुईवटा खेल हुनेछन्। उपमहानगरपालिका १५ नं. वडा खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख रुपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार पाउनेछ।