बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा रहेको सरकारमा नेकपा एमाले समेत सहभागी भएको छ। एमालेबाट जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ।
एक वर्षअघि नै प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारको तयारी थियो तर केन्द्रीय सत्ता परिवर्तनका कारण एमाले मन्त्रिपरिषद्बाट बाहिरिएको थियो। अहिले फेरि एमालेलाई सहभागी गराइएको हो। यसअघि २०७९ पुसमा पनि थपलिया नै आर्थिक मामिला तथा योजना मन्त्री थिए।
Advertisement
प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ अनुसार जगन्नाथ थपलियालाई मन्त्रीको पद तथा गोपनीयताको सपथ खुवाएका छन्। मुख्यमन्त्री पाण्डेको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एमालेका मन्त्री समेत समावेश भएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस