हेटौंडा/हेटौंडा अस्पताललाई रोटरी क्लब अफ मकवानपुरले दुईवटा इसिजी (इलेक्ट्रोकार्डिओग्राम) मेसिन हस्तान्तरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रममा रु ७ लाख बराबरका दुई इसिजी मेसिन हस्तान्तरण गरिएको हो।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अन्जनी पराजुलीले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर अर्याललाई उक्त मेसिनहरू हस्तान्तरण गरेका हुन्। मेसिनहरू प्रयोगमा आएपछि स्थानीयवासी अस्पतालप्रति कृतज्ञ हुने बताउँदै तिनले छिट्टै प्रयोगमा ल्याउन अनुरोधसमेत गरेका छन् ।
डा. अर्यालले अस्पताललाई आवश्यक परेका मेसिनहरू नै प्राप्त भएकोमा खुशी व्यक्त गरे। पहिला सहयोग गरिएका मेसिन अहिलेसम्म प्रयोगमा नआउनुमा दुःख व्यक्त गर्दै छिट्टै प्रयोगमा ल्याउने प्रतिबद्धता जनाए। उनले मुटु रोग चिकित्सक नभएकोले मेसिनहरू प्रयोगमा नआएको बताए र चिकित्सक ल्याउन सबैको पहल हुनुपर्ने बताए।
मेसिन हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण बहादुर कार्की,संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति,निर्वाचित अध्यक्ष अनिल अग्रवाल , प्रगति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुली,रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्षहरु , मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्ट लगायतको उपस्थिति रहेको थियो।