हेटौंडा/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को मकवानपुर जिल्ला कमिटीको अध्यक्षमा बिष्णु प्रसाद दहाल निर्विरोध निर्वाचित भएका छन्।
शनिबार र आइतबार सम्पन्न पार्टीको नवौं जिल्ला अधिवेशनबाट तीन वर्षे कार्यकालका लागि उनी निर्वाचित भएका हुन्।
Advertisement
यसअघि पनि जिल्ला अध्यक्ष रहिसकेका दहालको नेतृत्वमा ५८ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ। कमिटीमा कल्पना विश्वकर्मा उपाध्यक्ष, ढुव्रबहादुर भुजेल सचिव, टंकबहादुर मोक्तान, बेगम बराल र कबिन पन्त उपसचिव निर्वाचित भएका छन्। एक उपाध्यक्ष र केही सदस्य पछि मनोनयन हुनेछन्।
निर्वाचित कमिटीको कार्यकाल तीन वर्षको हुनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







