हेटौंडा-५ पिप्लेस्थित जेनिथ सेकेन्डरी विद्यालयका पूर्व प्राथमिक तहका विद्यार्थीहरुलाई दीक्षित गरिएको छ।
शनिबार विद्यालयमा आयोजित ग्राजुएसन सेरेमोनीमा उनीहरुलाई दीक्षित प्रमाणपत्र प्रदान गरिएको हो।
२०८० सालमा युकेजी तह अध्ययनरत विद्यार्थीहरु अब प्राथमिक तहमा प्रवेश गर्नेछन्। कार्यक्रममा विद्यालयका संस्थापक रमिता पाण्डे, प्रिन्सिपल श्रीबहादुर कार्की, लेखाधिकृत प्रिया पाण्डे, माविप्रमुख राजकुमार साह लगायतको उपस्थिति रहेको थियो।
प्रिन्सिपल कार्कीले यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक सोच, जोश र पढाइप्रति ध्यान दिने बताए। उनले नर्सरी, एलकेजी र युकेजीपछि यस्तो कार्यक्रम राखेर सानैदेखि संस्कारयुक्त शिक्षा दिइने बताए।
विद्यालयमा मान्यताप्राप्त क्याम्पसबाट तालिम लिएका शिक्षकबाट पठनपाठन भइरहेको र विद्यार्थीहरू नेपाल टपसमेत भएको उनले जानकारी दिए। संस्थापक पाण्डे र प्रिन्सिपल कार्कीले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र र टोपी लगाइदिएका थिए। कार्यक्रममा साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।








