हेटौंडा/ नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन्।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले आफ्नै भवन निर्माण गर्ने निर्णय अनुरुप सहयोग संकलन अभियान चलाइरहेको छ। तरुण दलका अध्यक्ष विद्वान गुरुङले भेटवालको सहयोगलाई सार्वजनिक गर्दै धन्यवाद व्यक्त गरेका छन्।
भवन निर्माणका लागि हालसम्म ६८ लाख ७२ हजार रुपैयाँ संकलन भएको उनले बताए। करिब ३ करोड रुपैयाँ लागतको भवन काठमाडौंको रवीभवनमा २ रोपनी जग्गामा निर्माण हुनेछ।
विपद्का बेला समेत अगाडि बढेर नागरिकको सेवा गर्दै आएका भेटवाल युवाहरुमाझ लोकप्रिय छन्। कोभिड महामारीका बेला पनि विभिन्न जिल्लामा राहत वितरण गरेका थिए। करिब २ दशकदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका उनी असहाय तथा गरिब विद्यार्थीको पनि सहयोगी बनेका छन्।