बागमती प्रदेशको पहिलो ‘उद्यमी मेला’ हेटौंडामा सम्पन्न भएको छ। हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेजको आयोजनामा भएको उक्त मेलामा उद्यमशीलतालाई प्रोत्साहन गर्नु र स्थानीय व्यवसायीहरूलाई अवसर प्रदान गर्नु मुख्य उद्देश्य रहेको थियो।

तीन स्टार्टअप उत्कृष्ट घोषित मेलामा ‘डाफे सोप’, ‘सेन्टेड ब्लिस’ र ‘श्वास्ति हर्ब्स’ उत्कृष्ट तीन स्टार्टअप घोषित भए। प्रत्येकले १० हजार रुपैयाँ नगद पुरस्कार र २ लाख रुपैयाँ बीउपुँजी प्राप्त गरेका छन।
एचएसएमएसएसका प्रमुख पूरन बाहादुर जोशी सभाअध्यक्ष रहेको मेलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव राजेन्द्र कुमार केसीको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थिए। मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको पनि सहभागिता थियो।
मेलामा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसको iHub बाट ६, ललितपुरबाट २, चितवनबाट २, काठमाडौंबाट २ र मकवानपुरबाट ५ गरी कूल १५० भन्दा बढी शिक्षक, विद्यार्थी र उद्यमीको सहभागिता रहेको थियो। 
कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियोः स्टार्टअप प्याभिलियन र व्यापारिक पिच प्रतियोगिता। पहिलो भागमा iHub का incubees र नव उद्यमीहरूले व्यवसाय प्रदर्शन तथा विक्री वितरण गरेका थिए भने दोस्रो भागमा उद्यमी र व्यवसायीसँग पिच प्रस्तुत गरेका थिए।
बागमती प्रदेशभित्र उद्यमशीलतालाई विकास गर्न यस्ता मेला आयोजना गरिएको कार्यक्रम संयोजक ईशा सिलवालले बताउनुभएको छ।








