नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनअन्तर्गत भएको मतदानपछि सोमबार नयाँ नेतृत्व चयन भएको छ।
अध्यक्षमा श्रीधर पोख्रेल निर्वाचित भएका छन्, जसले ३१३ मत प्राप्त गरे। उपाध्यक्षमा हिदम लामा ४७६ मतसहित विजयी भए। सचिवमा सिता विष्ट २९७ मत ल्याएर निर्वाचित भइन्।
Advertisement
खुला उपसचिवमा फुर्वा दोर्जे लामा र महिला उपसचिवमा आरती पाठक विजयी भएका हुन्।
निर्वाचन समितिका अनुसार पदाधिकारीको मतगणना सोमबारै सम्पन्न भएको छ भने सदस्यहरूको मतगणना आज बेलुकी ५ बजेदेखि हुने जनाइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







