मकवानपुरको हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलमा विद्यार्थी सङ्गठनको निर्वाचन सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न निर्वाचनमा कक्षा ९ का रोजन मैनाली ३९६ मत प्राप्त गरी स्कुल क्याप्टेन चुनिएका छन्। त्यस्तै कक्षा ९ कै दिपिका लम्साल ३१० मत प्राप्त गरी भाइस क्याप्टेन बनेकी छिन्।
विभिन्न सदन तथा क्लबहरूमा पनि विद्यार्थीहरूको उम्मेदवारी रहेको थियो। रातो सदनको क्याप्टेनमा प्रतिक ढकाल र भाइस क्याप्टेनमा अनुज्ञा विडारी निर्वाचित भए। यस्तै पहेंलो, हरियो र निलो सदनको क्याप्टेन तथा भाइस क्याप्टेनहरू पनि चुनिएका छन्।

वातावरण, साहित्य, फाइन आर्ट र खेलकुद क्लबमा पनि विभिन्न कक्षाका विद्यार्थीहरू क्याप्टेन तथा भाइस क्याप्टेनमा चुनिएका छन्।
बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म भएको मतदानमा कक्षा ४ देखि १० सम्मका ७ सय ५८ जना विद्यार्थीले मतदान गरेका थिए। निर्वाचनमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूलाई उम्मेदवार हुने व्यवस्था गरिएको थियो।

विद्यार्थीमा नेतृत्व विकास र प्रजातान्त्रिक अभ्यासको अवगत गराउने उद्देश्यले विद्यालयले २०७४ सालदेखि नै यस्तो निर्वाचनको अभ्यास गराउँदै आएको प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिनुभएको छ।








