हेटौँडा उपमहानगरपालिका-११ सिमलटारमा निर्माण भएको नयाँ फुटबल खेलमैदानको उद्घाटन गरिएको छ।
नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले वडा नम्बर १० र ११ को २० लाख रुपैयाँ लागतमा बनेको खेलमैदानको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख लामाले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई गति दिएको बताइन्। सबै १९ वडामा खेलमैदान निर्माणलाई चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको उनले बताइन्।
सिमलटार क्षेत्रमा रहेको जमिन र खानेपानीको समस्या समाधानका लागि नीतिगत काम भइरहेको जिकिर गर्दै लामाले चाँडै नै त्यसको व्यवस्थापन हुने विश्वास व्यक्त गरिन्।
उपप्रमुख बानियाँले खेलमैदानको थप व्यवस्थापनका लागि पालिकाले सहयोग गर्ने बताए। उनले आगामी पिँढीलाई खेलकुद विकासको अवसर तयार पार्नु आफूहरुको जिम्मेवारी रहेको बताए।
कार्यक्रममा सिमलटार टोल बिकास सस्थाका अध्यक्ष सुर्यमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बरका वडा अध्यक्ष जुना दाहाल, एन्फाका केन्द्रीय सदस्य टिकाराम लामा, नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र घिमिरे, वडा सदस्इ सञ्जय बिडारी वडा खेलकुल बिकास समितिका अध्यक्ष प्रभाकर पुडासैनी लगाएतकाले मन्तव्य राखेका थिए ।