हेटौंडा – नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा कुनै गुटउपगुट नरहेको बताएका छन्। शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै ज्ञवालीले केन्द्रीय स्तरमा कुनै गुटउपगुट नरहेको स्पष्ट पारे।
उनले जिल्ला अधिवेशनमा प्यानल बने पनि निर्वाचनपछि गुटउपगुट अन्त्य गरी एकजुट हुन कार्यकर्तालाई आग्रह गरे। साथै, पार्टीका आन्तरिक चुनावमा उत्साहपूर्वक भाग लिने तर निर्वाचित भएपछि पार्टी कार्यमा बेवास्ता गर्ने प्रवृत्ति रोक्न निर्देशन दिए।
ज्ञवालीले भने, “जिल्ला र पालिका अधिवेशनमा निर्वाचित भएकाहरूको अब परीक्षा सुरु भएको छ। एमालेका कार्यकर्ता विचार र सिद्धान्तबाट प्रशिक्षित हुनुपर्छ। टोल कमिटीले स्थानीय नेतृत्व लिनुपर्छ।”
उनले सामाजिक सञ्जाललाई कुण्ठा पोख्ने थलो नबनाउन र पार्टीका आन्तरिक समस्या
हरू बैठकमै समाधान गर्न आग्रह गरे। ज्ञवालीले जनताको सरोकारका विषयमा एमाले अग्रपंक्तिमा उभिनुपर्ने बताए।







