हेटौंडामा जंगलबाट ल्याएको च्याउ खाएर एकै परिवारका पाँच जना बिरामी भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, हेटौंडा-१९ बसामाडीका ३६ वर्षीय श्याम बहादुर बल, १६ वर्षीया अनिता बल, ११ वर्षीय रेमन बल, ७३ वर्षीया फुलमाया बल र ३४ वर्षीय तुल बहादुर मोक्तान जंगलबाट ल्याएको सल्ले च्याउ खाएपछि बिरामी परेका हुन्।
Advertisement
बिरामीहरूको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच, जिल्लामा पछिल्लो एक महिनामा जंगली च्याउ खाएर तीन जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस