हेटौंडा-५ पिप्ले क्षेत्रका आर्थिक रूपमा कमजोर महिलाहरूले व्यवसायिक रूपमा काठको ठेकी उत्पादन सुरु गरेका छन्।
हेडम्बा डेभलोपमेन्ट एडभाइजर फाउण्डेसन र हेटौंडा उपमहानगरपालिका रोजगार शाखाको सहयोगमा ३० दिने तालिम पश्चात् २० जना महिलाहरूले यो तालिम सम्पन्न गरेका छन्।
पिप्लेपोखरा सामुदायिक वनको सभाहलमा सञ्चालित तालिमपछि उत्पादित ठेकीहरू श्रमजीवी महिला काष्ठ हस्तकला उद्योगमार्फत बिक्री वितरण गरिने छ।
आज सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौडा उपमहानगरपालिकाले यस वर्ष पनि ठेकी बनाउने तालिमलाई निरन्तरता दिने र अझ अरु वडामाहरूमा समेत यसको तालिम सञ्चालन गर्ने गरी विश्वव्यापी रुपमा लैजाने पनि बताएका छन्।, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र फाउण्डेसनका अध्यक्ष अनन्त बानियाँले सहभागी महिलाहरूलाई प्रमाणपत्र प्रदान गरे।
कार्यक्रममा वडा ५ का अध्यक्ष सुशील धिमिरे, वडा सदस्य रामबहादुर राई सामाजिक विकास महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिना, रोजगार शाखा प्रमुख विपन श्रेष्ठ, मेनुका खड्का र प्रमुख प्रशिक्षक रामबहादुर सुनारको उपस्थिति थियो।
यस किसिमका पहलले स्थानीय महिलाहरूलाई आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने अपेक्षा रहेको तालिम लिने महिलाहरूले बताए गरिएको छ।