हेटौंडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा २ छेपारेमा आज बिहान १:५० बजेतिर अविरल वर्षाका कारण पहिरो गएको छ। यसले गर्दा दक्षिणकाली सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक मकवानपुरका अनुसार निरन्तर वर्षाका कारण तत्काल बाटो खुलाउन सम्भव नभएको र बाटो खुलाउन सडक विभागसँग समन्वय भइरहेको जनाइएको छ।
Advertisement
यात्रुहरूलाई वैकल्पिक मार्ग फाखेल मार्ग प्रयोग गर्न र सावधानी अपनाउन अनुरोध गरिएको छ। साथै, थप जानकारीका लागि स्थानीय प्रशासन वा यातायात कार्यालयमा सम्पर्क गर्न सकिने छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








