वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभालाई सम्बोधन गरी राजीनामा दिने भएका छन्। यो निर्णय नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि लिइएको हो।
आइतबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन सुझाव दिएको माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए। “दलको सुझावलाई मुख्यमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ,” ढकालले बताए।
Advertisement
जम्कट्टेल २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए। तर यो सरकार केवल साढे दुई महिनामात्र टिक्न सक्यो र एमाले सरकारबाट बाहिरियो।
नयाँ राजनीतिक समीकरणसँगै जम्कट्टेलले राजीनामा दिन लागेका हुन्। यसले वाग्मती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुला गर्नेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस