रोटर्याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा श्रीजना लामिछाने पदस्थापित भएकी छिन् । शनिबार भएको क्लवको नवौं पदस्थापन कार्यक्रमबाट लामिछाने अध्यक्ष पदमा पदस्थापित भएकी हुन् ।
क्लवका वर्ष सन् २०२३/२४ का अध्यक्ष राजन कटुवालले लामिछानेलाई अध्यक्ष माला हस्तान्तरण गरेका हुन् । लामिछानेले आफ्नो कार्यकाल सफल बनाउनका लागि उपाध्यक्षमा मन्जिता मैनाली, सचिव अमितकुमार क्षेत्री, कोषाध्यक्षमा सुजन राई, क्लव एड्मिन मनोज राई, सर्भिस प्रोजेक्ट चेयर रचना कार्की, प्रोफेसनल डेभलपमेन्ट चेयर जमुना थापा, इन्टरनेशनल सर्भिस चेयर शुभरानी खत्री, मेम्बरसिप चेयरमा सृष्टी राई, पब्लिक इमेज चेयरमा गंगा थापा, सर्जन एट आर्म्समा करुणा खतिवडा तथा सल्लाहकारमा गणेशदर्पण अधिकारी, विजय पौडेल र प्रदीपकुमार राईलाई चयन गरेकी छिन् ।
उनले विभिन्न कार्यक्रम गरी आफ्नो कार्यकाललाई नमूनालायक बनाउन लागिपर्ने प्रतिबद्धता जनाइन् । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोटरी डिष्ट्रीक्ट ३२९२ का असिस्टेन्ट गभर्नर रामप्रसाद शर्मा, रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवाल, रोटरी क्लव अफ मकवानपुरका पूर्व अध्यक्ष कविन सांगामी, रोटर्याक्ट क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्ष प्रदीपकुमार राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रमुख अतिथी न्यौपानेले रोटर्याक्ट क्लव लगायतका सामाजिक संघसंस्था सँग सहकार्य गर्न उपमहानगर र वडा कार्यालय तयार रहेको बताए । कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका पूर्व अध्यक्ष कृष्णबहादुर कार्की, सचिव पवन तिमल्सिना, रोटर्याक्टका पूर्व अध्यक्ष प्रतीक्षा न्यौपाने, रोटर्याक्ट क्लव अफ हेटौंडाका अध्यक्ष सुमित्रा लामा लगायतको आतिथ्यता रहेको थियो ।