हेटौंडा – लोकप्रिय टेलिचलचित्र “के ताल भो के ताल भो” को टिमले आगामी शृंखलाहरू अझ परिष्कृत र परिमार्जित रूपमा प्रस्तुत गर्ने बताएको छ।
मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा झलझली मल्टिक्रियशन म्युजिक स्टुडियोले यो जानकारी दिएको हो। मकवानपुरको पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडी मार्फत प्रसारण भइरहेको यस टेलिचलचित्रले हास्य-व्यंग्यमा आधारित सामग्री प्रस्तुत गर्दै आएको छ।
पटकथा लेखक आशाकाजी श्रेष्ठले स्थानीय स्तरमा टेलिचलचित्र बनाउने सपना पूरा भएको बताए। नेशनल गोल्ड एचडीकी स्टेशन को-अर्डिनेटर सरला अधिकारीले दर्शकहरूलाई मनोरञ्जन दिन यो सहकार्य गरिएको जानकारी दिइन्।
“के ताल भो के ताल भो” हरेक शुक्रबार बेलुकी ८:३० बजे प्रसारण हुँदै आएको छ र युट्युबमा पनि उपलब्ध रहेको आयोजकले जानकारी दिए।
कार्यक्रममा निर्देशक दिल कुमार लामा, छायाङ्कन तथा सम्पादक विनोद कुमार बानियाँ र विभिन्न कलाकारहरूको उपस्थिति थियो।