बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ । गत श्रावण १४ गते बसेको मन्त्रिपरिषद् बैठकले यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई नियुक्त गरेको थियो।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका देवकोटाले आज प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिह लामा तामाङ, प्रदेशका मन्त्रीहरू, सरकारी सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
Advertisement
देवकोटा बागमती प्रदेशका चौथो प्रदेश प्रमुख हुनुहुन्छ। यसै अवसरमा निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पनि बिदाई गरिएको छ। नवनियुक्त प्रदेश प्रमुख देवकोटाले शर्मालाई माला र खादा लगाएर बिदाई गर्नुभएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस