
हेटौंडा । बाघको आक्रमणबाट घाइते भएका चितवनका ६० वर्षीय पशुपति श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल अस्पताल पुगेका छन । आईतवार बिहान भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका समयमा श्रेष्ठ बाघको आक्रमणमा परि घाईते हुनुभएका थिए । हाल चितवन मेडिकल कलेजमा उपचाररत श्रेष्ठको स्वास्थ्य स्थिति बुझ्न मन्त्री सिलवाल आज बिहान अस्पताल पुगेका हुन ।
घाईते भएका श्रेष्ठसग भेट्को क्रममा मन्त्री सिलवालले स्वास्थ्यलाभको कामना सहित बिरामीको अवस्थाबारे चिकित्सक र परिवारसंग बुझेका थिए । यस्तै मन्त्री सिलवालले बिरामीको उपचारमा कुनैपनि कमि नहोस भन्दै आवश्यक परेको खण्डमा प्रदेशको वन तथा वातावरण मन्त्रालयले आर्थिक सहायता समेत गर्ने प्रतिबद्धता जनाए । यस्तै भरतपुर महानगरपालिका- २ बेलटाँडी निवासी श्रेष्ठले आफू घाइते भैइ उपचार गर्दै गरेको अवस्थामा प्रदेशको मन्त्री अस्पतालमै आएर भेट्दा खुसी लागेको बताए । श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आईतवार रातीनै नियन्त्रणमा लिईसकेको छ ।







