बागमती प्रदेशका खेलाडीहरूले २ वर्षपछि पुरस्कार पाउने भएका छन्।
९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरूलाई प्रदेश सरकारले नगद पुरस्कार दिन लागेको हो।
Advertisement
युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले पुरस्कार वितरणको तयारी तीव्र पारिएको जानकारी दिए। उनले भने, “१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै खेलाडीहरूलाई पुरस्कार बाँड्छौं।”
मन्त्रालयले स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो। तर, अर्थ मन्त्रालयबाट सहमति नआउँदा पुरस्कार वितरण हुन सकेको थिएन।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि पुरस्कार वितरणका लागि मन्त्री महर्जनको ध्यानाकर्षण गराएको छ।
मन्त्री महर्जनले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको हितका लागि मन्त्रालयले तीव्र गतिमा काम गर्ने बताए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस