हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १७ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको छ।
“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित यही भदौ ७ गते शुक्रबार विशेष कार्यक्रम आयोजना गरी यो घोषणा गरिने भएको छ।
Advertisement
वडाध्यक्ष उद्धव सत्यालका अनुसार वडालाई बालश्रममुक्त, बालविवाहमुक्त र बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिनेछ। उनले बताए अनुसार बालमैत्री वडाका लागि आवश्यक ५१ मध्ये ४८ सूचक पूर्णरूपमा पूरा भएका छन्। बाँकी तीन सूचकहरू पनि ८०% भन्दा माथि पूरा भएका छन्।
वडामा गरिएको सर्वेक्षणले १८ वर्षमुनिका २,११० बालबालिका रहेको देखाएको छ। यसमध्ये १,१३० बालक र ९८० बालिका छन्। वडामा ५ विद्यालय, २२ बाल समूह र १ बाल सञ्जाल सञ्चालनमा छन्।
यसअघि हेटौंडाको वडा नम्बर २ र ८ लाई बालमैत्री वडा घोषणा गरिसकिएको छ भने वडा नम्बर ७ लाई भोलि शनिबार घोषणा गरिँदैछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस