हेटौंडा उपमहानगरपालिकाको ४ नं. वडा आगामी भाद्र २८ गते बालमैत्री वडा घोषणा हुने भएको छ। यस अवसरमा वडालाई निकृष्ट बालश्रम मुक्त र बालविवाह मुक्त समेत घोषणा गरिने छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा वडाकी कार्यवाहक अध्यक्ष गिता त्रिपाठीले यसबारे जानकारी दिइन्। उनका अनुसार वडाले बालमैत्री घोषणाका लागि आवश्यक ५१ मध्ये ४९ सूचकमा शतप्रतिशत नतिजा हासिल गरेको छ।
Advertisement
घोषणा कार्यक्रमको दिन हुप्रचौरबाट बाजागाजा सहितको बृहत् प्रभातफेरी निकालिने छ। यसपछि रोयल पार्टी प्यालेसमा मुख्य समारोह हुनेछ। त्यहाँ शैक्षिक प्रदर्शनी र साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिने छ।
कार्यक्रमका लागि करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यो कार्यक्रमले वडामा बाल अधिकार संरक्षण र बाल विकासलाई प्रोत्साहन गर्ने आशा गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस