मनहरी गाउँपालिकाको हाँडीखोला यूथ क्लवले मंगलबार भएको क्वाटरफाइनल खेलमा पूर्व विजेता न्यू डाँफे क्लवलाई ३-१ ले हराउँदै जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।
Advertisement
पहिलो हाफमा १-० ले पछि परेको अवस्थामा हाँडीखोलाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई रोमाञ्चक बनाएका थिए। दोस्रो हाफमा ३ गोल गर्दै हाँडीखोलाले खेलमा पूर्ण नियन्त्रण कायम गरेको थियो।
डाँफेका लागि ४० औं मिनेटमा सुशान्त तामाङले गोल गरेका थिए, तर त्यसपछि हाँडीखोलाका सन्जीव गिरी, उत्सव खड्का र गिरीले लगातार गोल गर्दै खेल 3-1 ले जितेका थिए। खेलको म्यान अफ द म्याच उत्सव खड्का घोषित भएका थिए।
सेमिफाइनल खेल बिहीबार हुनेछ। जिल्ला लिगको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस