हेटौंडा – बागमती प्रदेश सरकारले चालु १४ औं वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार, अधिवेशन असोज १६ गते बुधबार राति १२ बजेबाट अन्त्य हुने गरी सिफारिस गरिएको छ।
Advertisement
यो अधिवेशन २०८१ वैशाख ३१ गतेबाट सुरु भएको थियो। अब यसलाई नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अन्त्य गर्न लागिएको मन्त्री लामिछानेले बताएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस