हेटौंडा – अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बालजागृति इङ्गलिस सेकेण्डरी स्कुलका विद्यार्थीहरूले हेटौंडा-२ स्थित ओम् बृद्धाश्रममा सेवा तथा खाद्यान्न सहयोग गरेका छन्।
(आज) मङ्गलबार विद्यालयका बाल समूह, स्कुल क्याप्टेन र विभिन्न क्लबका पदाधिकारीहरूले संकलन गरेको रकमबाट बृद्धाश्रमका वृद्धवृद्धाहरूलाई सहयोग गरिएको हो।
Advertisement
कार्यक्रममा विद्यार्थीहरूले बृद्धाश्रमका आवासीहरूसँग समय बिताएका थिए। उनीहरूले वृद्धवृद्धाहरूसँग कुराकानी गरी उनीहरूको अनुभव सुन्ने मौका पाएका थिए।
विद्यालयका प्रधानाध्यापक बिनोद सुवेदीले यस कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना जागृत गर्ने र ज्येष्ठ नागरिकप्रति सम्मान बढाउने विश्वास व्यक्त गरे।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस