हेटौंडा – हेटौंडा जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज हुप्रचौरमा रक्तदान र सितलमहल चोकमा स्लो बाइक प्रतियोगिता सम्पन्न गरेको छ।
हेटौंडा-४ स्थित हुप्रचौरमा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्। कार्यक्रम हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईं प्रमुख अतिथि रहेको कार्यक्रमको संयोजन विकेक बानियाँले गरेका थिए।
यसैबीच, सितलमहल चोकमा आयोजित स्लो बाइक प्रतियोगितामा सुकदेव सदासंकर प्रथम भएका छन्। प्रतियोगितामा गोपाल थापा दोस्रो र कमल घलान तेस्रो भए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको संयोजन विश्वप्रसाद गौतमले गरेका थिए।
जेसीज सप्ताह २०२४ का मुख्य कार्यक्रम संयोजक विवेक आनन्द न्यौपानेका अनुसार सप्ताहव्यापी कार्यक्रम जारी रहेको छ।