मकवानपुरको थाहा नगरपालिकाले स्थानीय फूल किसानको हित र वातावरण संरक्षणका लागि प्लास्टिकका फूल बिक्री वितरणमा रोक लगाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले प्लास्टिकका फूलले वातावरण र माटोमा नकारात्मक असर पार्ने भएकाले यस्तो निर्णय गरिएको जानकारी दिए। उनका अनुसार यो निर्णयले स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने र प्राकृतिक फूलको प्रयोगलाई बढावा दिने लक्ष्य राखिएको छ।
Advertisement
गिरीले स्थानीय उत्पादन र स्वदेशी फूलको प्रवर्द्धन गर्नु सबैको जिम्मेवारी भएको बताउँदै नगरपालिकाको यो निर्णय विपरीत काम गर्नेलाई कारबाही गरिने चेतावनी समेत दिएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस