मकवानपुरको हेटौडा उपमहानगरपालिका-१२ मा वडाध्यक्षको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दर्ता गरेको छ।
पार्टीका तर्फबाट आशा वीर बलले उम्मेदवारी दिएका हुन्। उनको मनोनयनमा राजदेव लामा प्रस्तावक र चन्द्रबहादुर स्याङ्तान समर्थक रहेका छन्।
Advertisement
निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईको कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो। यो स्थान २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेपछि रिक्त भएको थियो।
निर्वाचन समितिको उपस्थितिमा वडा कार्यालयमा मनोनयन दर्ता प्रक्रिया जारी रहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







