मकवानपुरको हेटौडा उपमहानगरपालिका-१२ मा हुन लागेको वडाध्यक्षको उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट प्रेमबहादुर भोलनले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईको कार्यालयमा दर्ता गरिएको उम्मेदवारीमा तिलकबहादुर जर्घा प्रस्तावक र हिरामणी चौलागाईं समर्थक रहेका छन्।
Advertisement
८ हजार ५३ मतदाता रहेको यो वडामा २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेपछि वडाध्यक्ष पद रिक्त भएको थियो।
निर्वाचन समितिको उपस्थितिमा वडा कार्यालयमा मनोनयन दर्ता प्रक्रिया जारी रहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







