मकवानपुरको हेटौडा उपमहानगरपालिका-१२ मा हुन लागेको वडाध्यक्षको उपनिर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट अर्जुन तिवारीले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईको कार्यालयमा दर्ता गरिएको उम्मेदवारीमा सुदर्शनप्रसाद लामा प्रस्तावक र शरणबहादुर घले समर्थक रहेका छन्।
Advertisement
८ हजार ५३ मतदाता रहेको यो वडामा २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेपछि वडाध्यक्ष पद रिक्त भएको थियो।
निर्वाचन समितिको उपस्थितिमा वडा कार्यालयमा मनोनयन दर्ता प्रक्रिया जारी रहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







