विभिन्न राजनीतिक दलका चार जना प्रभावशाली नेताहरूले आफ्नो पुरानो पार्टी परित्याग गरी नेकपा आज सोमबार एमालेमा औपचारिक प्रवेश गरेका छन् ।
नेपाली काङ्ग्रेस (बिपी) का जिल्ला सभापति रमेश ढकाल, नेकपा माओवादी केन्द्रका नेता नारायण ढकाल, नेकपा एकीकृत समाजवादीका नेताद्वय सानुभाई विश्वकर्मा र विनोद रिजालले एमाले प्रवेश गरेका एमालेका प्रचार विभाग प्रमुख उज्वल चौलागाईंले जानकारी दिएका छन्।
Advertisement
एमालेको पार्टी कार्यालयमा आयोजित विशेष समारोहमा नवआगन्तुक नेताहरूलाई एमाले जिल्ला इन्चार्ज रामेश्वर राना र जिल्ला अध्यक्ष श्रीधर पोखरेल लगायतका नेतृत्वले औपचारिक स्वागत गरेका छन् । यस प्रवेशले मकवानपुरको राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस