मकवानपुरगढी गाउँपालिकाको जेसीआई मकवानपुरढीले दोस्रो संस्करणको चैनपूर जेसीज कप फुटबल प्रतियोगितामा उपाधि जितेको छ।
सोमबार मनहरी गाउँपालिका वडा नम्बर-४ को गोलघर खेलमैदानमा भएको फाइनल खेलमा हेटौँडा-१९ को एफसी परेलीलाई १-० गोलअन्तरले पराजित गरी जेसीआई मकवानपुरगढीले च्याम्पियनसिप प्राप्त गरेको हो।
प्रतियोगितामा विजेता टोलीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता एफसी परेलीले ५१ हजार एक सय ५१ रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरेको छ। खेलको निर्णायक गोल गणेश हमालले दोस्रो हाफको २५ औं मिनेटमा गरेका थिए। 
प्रतियोगितामा १६ वटा टोलीहरूले भाग लिएका थिए। जेसीआई मकवानपुरगढीले शुक्रबार एफसी नमोबुद्धलाई २-१ गोलअन्तरले हराएर फाइनलमा प्रवेश गरेको थियो भने एफसी परेलीले शनिबार मनहरी-५ लाई टाइब्रेकरमा ५-४ गोलअन्तरले पराजित गरी फाइनल यात्रा तय गरेको थियो।
पुरस्कार वितरण समारोह चैनपूर जेसीजका अध्यक्ष रवीन ढकालको सभाध्यक्षतामा र मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।







