हेटौंडामा शुक्रबार पत्रकार सुधीर शर्माका दुई पुस्तक “भिक्षु, व्यापार र विद्रोह” र “हिमालपारिको हुरी” माथि विद्यार्थी, पाठक र प्राज्ञिकहरूको उपस्थितिमा विमर्श गरिएको छ।
शर्माका दुवै पुस्तकले नेपाल, भारत र चीन बीचको जटिल सम्बन्धलाई सम्बोधन गरेको छ। लेखक शर्माले नेपालको लागि चीन र भारत दुवै देशलाई बुझ्न महत्वपूर्ण रहेको जोड दिएका छन्। भारतलाई बुझ्न सजिलो भए पनि चीनलाई बुझ्न अलि कठिनाइ रहेको उनको धारणा व्यक्त गरेका छन्।
त्यस्तै बेल्ट एण्ड रोड पहल (बीआरआई) का सम्बन्धमा शर्माले यो सम्झौता नेपालका लागि उपयोगी मानेका छन्। विश्वका सय भन्दा बढी देशले यो सम्झौतामा हस्ताक्षर गरिसकेका बताए।
६ वर्ष अघि हस्ताक्षर भएको योजनाले नेपाललाई केही असर नपर्ने उनको विचार छ। अन्तरक्रिया कार्यक्रममा मकवानपुरका विशिष्ट व्यक्ति तथा विद्यार्थीहरूले समेत प्रश्न गरेका थिए। भने उक्त अन्तरक्रियालाई साहित्यकार घनश्याम घिमिरेले सहजीकरण गरेका थिए।