हेटौंडा उपमहानगरपालिकाले तिनपाङ्ग्रे सवारी साधनको व्यवस्थापनका लागि हेटौंडा-११ थानाभर्याङमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।
आज (सोमबार)उपमहानगर प्रमुख मीनाकुमारी लामाले सेवा केन्द्रको उद्घाटन गर्दै स्टिकर वितरण कार्यको शुभारम्भ भएको छ।
Advertisement
कार्यक्रममा बोल्दै प्रमुख लामाले तिनपाङ्ग्रे सवारी व्यवस्थापन केन्द्रको स्थापनाले सवारी साधनको व्यवस्थापन मर्यादित र व्यवस्थित हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा जिल्ला ट्राफिक मकवानपुरका प्रमुख केशव अधिकारी स्थानीय र अटो सञ्चालकहरूको उपस्थित रहेको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस