हेटौंडा उपमहानगरपालिका वडा नं. १२ मा नेपाली काँग्रेसका अर्जुन तिवारीले तेस्रो पटकमा वडाध्यक्ष पदमा जीत हासिल गरेका छन्। मतगणना अनुसार, कुल ५,४८४ मतमध्ये तिवारीले २,०६३ मत प्राप्त गर्दै विजय सुनिश्चित गरेका हुन्।
स्थानीय तह उप-निर्वाचनअन्तर्गत भएको यस वडा अध्यक्ष पदको निर्वाचनमा माओवादी केन्द्रका रविन कुमार प्रधान दोस्रो स्थानमा रहेका छन्, जसले १,५६० मत प्राप्त गरेका थिए। त्यस्तै, नेकपा (एमाले)का राजेश नगरकोटीले १,३९८ मत ल्याएर तेस्रो स्थान कायम गरेका छन्।
Advertisement
कुल ८,०५३ मतदाता रहेको वडामा ५,४८६ मतदाताले मतदान गरेका थिए। १२ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा अर्जुन तिवारीको जीत भएको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस