बस्तिपुर जेसीज हाडिखोलाले आफ्नो कार्यक्षेत्र भित्र गत सप्ताहमा तीन दिनसम्म ११ वटा विविध कार्यक्रमहरू सञ्चालन गरेको छ। कार्यक्रमहरू मनहरी गाउँपालिकाका विभिन्न वडाहरूमा सञ्चालित थिए।
पहिलो दिनका मुख्य कार्यक्रमहरूमा विभिन्न स्मृति कार्यक्रमहरू समावेश थिए। जस्तै, वडा नम्बर १ मा स्वर्गीय हरि बहादुर गोलेको स्मृतिमा बाल जीवन ज्योती मा.वि. मा कक्षा १२ को पुस्तक हस्तान्तरण गरियो। त्यस्तै, अन्य वडाहरूमा विभिन्न विद्यालयहरूलाई स्टेशनरी, खेलकुद सामाग्री र न्यानो कपडा वितरण गरियो।
दोस्रो दिनमा ट्राफिक सचेतना कार्यक्रम, विद्यालयहरूलाई स्वास्थ्य सामाग्री र रंग वितरण जस्ता गतिविधिहरू सम्पन्न भए। तेस्रो दिनमा बस्तिपुर जेसीज हाडिखोलाका संस्थापक अध्यक्षको स्मृतिमा बैडमिन्टन प्रतियोगिता आयोजना गरियो।
कार्यक्रममा मनहरी गाउँपालिकाका प्रमुख रन्जन कालाखेतीले प्रमुख आतिथ्य रहेको थियो भने उपाध्यक्ष सीता पुलामी मगर विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्।
कार्यक्रममा विभिन्न जिल्ला र स्थानीय जेसीज संगठनका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू र सामाजिक संघसंस्थाका प्रमुखहरू समेत सहभागी रहेको थिए।
बस्तिपुर जेसीज हाडिखोलाका अध्यक्ष अमृत पाठकको अध्यक्षतामा सम्पन्न भएको हो ।







