मकवानपुर जिल्ला क्रिकेट संघले महिलाहरूलाई क्रिकेटमा आकर्षित गर्ने उद्देश्यले हेटौंडामा दुई दिने महिला क्रिकेट फेस्टिबल सुरु गरेको छ।

Advertisement
हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा आयोजित यो फेस्टिबलको उद्घाटन हेटौंडा-४ का वडाध्यक्ष नवीन सिग्देलले व्याटिङ गरेर गरेका हुन्।
संघका सचिव बिनोद बानियाँका अनुसार फेस्टिबलले छात्राहरूलाई क्रिकेट खेलबारे जानकारी दिने र आवश्यक प्रशिक्षण प्रदान गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका ७ र मकवानपुरगढी गाउँपालिकाको १ गरी ८ विद्यालयका टिमहरू सहभागी छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







